• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

क्यान्सरका डाक्टर अञ्जनी : शरीरका विकारको उपचार गर्दागर्दै राजनीतिको उपचारमा पाइला बढाउँदै

रिता लम्साल मंगलबार, चैत १, २०७८  ०७:२३
1140x725

काठमाडौं- नाै वर्षअघि माइतीघर मण्डलबाट चिकित्सकहरुको टोली सिंहदरबारतर्फ अगाडि बढ्यो। उक्त टोलीको अग्रपंक्तिमा रहेका एक चिकित्सकले औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाए- 'चिकित्सा शिक्षा सुधार गर, डा केसीको माग पुरा गर।'

उनको नारामा सेतो एप्रोन लगाएर आन्दोलनमा उत्रेका अन्य चिकित्सकले पनि साथ दिए। जसै उनको आवाज थप चर्को बन्दै गयो, प्रहरीले उनीसहित केही चिकित्सकलाई तत्कालै पक्राउ गरेर लगिहाल्यो।

त्यसरी चर्को स्वरमा नारा लगाउने चिकित्सक थिए, डा अञ्जनीकुमार झा। चिकित्सा शिक्षा सुधारमा मात्र होइन, स्वास्थ्य सेवाका अन्य विषयमा अनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अन्यायका घटना हुँदा पनि डा अञ्जनी यसैगरी चर्को स्वरमा ‘फ्रन्टलाइन’मा उत्रन्छन्। 

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा हुने अन्याय र विकृतिविरुद्ध डा अञ्जनीले आवाज उठाउन थालेको पहिलेदेखि नै हो। किनभने डा झा बिरामीको सेवामा मात्र सीमित छैनन्। उनी स्वास्थ्य र चिकित्सा शिक्षाको सुधारसँगै यस क्षेत्रमा हुने अन्याय र विकृतिविरुद्ध आवाज उठाउँछन्। 

पेशाले डा अञ्जनी क्यान्सर रोग विशेषज्ञ हुन्। उनको विशेषज्ञता रेडिएसन अंकोलोजी हो। अर्थात् शरीरमा रहेको क्यान्सरलाई पत्ता लगाएर त्यसलाई रेडिएसन (विकिरण) मार्फत उपचार गर्ने काम। 

जसरी डा अञ्जनी आफ्नो विशेषज्ञता अनुसार शरीरको अंगमा रहेको क्यान्सरको आकार र फैलावट पत्ता लगाएर विकिरणले सेकाउँदै उपचारमा सक्रिय हुन्छन्, त्यसैगरी समाज र स्वास्थ्य क्षेत्रका समस्या पहिचान (डाइग्नोस) गर्दै उपचारमा पनि सक्रिय छन्।

डा अञ्जनी स्वास्थ्य सेवाको क्षेत्रमा २६ वर्षदेखि सक्रिय छन्। उनको डाक्टरी यात्रा भने आमाको सपना पुरा गर्न सुरु भएको हो।

महोत्तरीमा जन्मिएका डा अञ्जनी आमाको सपना पुरा गर्न पाएकोमा हर्षित छन्। चिकित्सा जीवनमा रमाइरहेका छन्।

Ncell 2
Ncell 2

मेडिकल अफिसरको रुपमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र क्यान्सर रोग विशेषज्ञ भएर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन हुँदै हाल उनी आफैंले स्थापना गरेको काठमाडौं क्यान्सर सेन्टरमा छन्।

चिकित्सा क्षेत्रमा दुई दशकभन्दा बढी समय खर्चिएका झाले नेपालको चिकित्सा क्षेत्रको विगतका समस्या र विकासलाई देखेका-भोगेका छन्। 

दु:खद घटनापछि आमाले देखेको सपना
महोत्तरीको तत्कालीन साढा गाउँ विकास समिति (हाल मनरा शिसवा नगरपालिका) मा जन्मिएका अञ्जनीको परिवार शिक्षित थियो।

बुबा संस्कृतका गुरु थिए। डा अञ्जनीको बाल्यकाल र विद्यालय जीवन जनकपुरमै बित्यो। उनले जनकपुरको जानकी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरे। 

घरमा बाबु, दाइ र दिदीहरु साक्षर भएकाले पढ्नका लागि ठूलो संघर्ष गर्नु परेन। अञ्जनीको पढाइ राम्रो थियो। तर २०३५/३६ सालको विद्यार्थी आन्दोलनका कारण उनको पढाइमा प्रत्यक्ष असर पर्‍यो। उनी ८ कक्षापछि भारतमा अध्ययन गर्न गए। 

उनले भारत, दरभंगाको सरस्वती स्कुलमा ९ र १० कक्षा पढे। त्यसपछि फेरि नेपाल फर्किएर जनकपुर बहुमुखी क्याम्पसबाट आइएससी गरे।

अञ्जनीलाई डाक्टर बनाउने चाहना आमाको थियो। उनले आमाको चाहनालाई आफ्नो सपना बनाए। 

छोरालाई डाक्टर बनाउने आमाको चाहनाको पछाडि भने दुःखद कारण थियो।

डा अञ्जनीका १३ वर्षका एक दाइको समयमा नै उपचार नहुँदा मृत्यु भएको थियो। सन्तान गुमाउनुको पीडा आमाको मनमा गढेर बसेको थियो। उपचार अभावमा आँखैअगाडि छोराले प्राण त्यागेको पलले उनलाई सधैं पोल्थ्यो। 

आमाको चाहनालाई अञ्जनीले पुरा गर्ने प्रण लिएका थिए। आफूभन्दा माथिका अर्का दाजु पनि डाक्टर थिए। पारिवारिक माहोलले पनि उनलाई डाक्टर बन्ने बाटोमा हिड्न सहज भयो।  

‘मेरो एकजना दाइको कुकुरले टोकेर मृत्यु भएको थियो,’ अञ्जनी सम्झन्छन्, ‘डाक्टर बन्ने चाहना मेरो भन्दा पनि आमाको सपना हो, मैले मेरो आमाको सपनालाई पुरा गरें।’ 

एमबीबीएस अध्ययनको यात्रा
जनकपुरमा आइएस्सीसम्म अध्ययन गरेर उनी डाक्टर बन्ने सपना बोकेर २०३९ सालमा पहिलो पटक काठमाडौं आए। त्यतिबेला चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा मात्रै एमबीबीएस अध्ययन गर्न पाइन्थ्यो। त्यहाँ पनि जम्मा १५ सिट थियो। एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा नाम निस्किएन।

त्यसपछि उनले हेल्थ असिस्टेन्ट (एचए) अध्ययन सुरु गरे। एचए अध्ययन सुरु गरेको एक वर्ष पुग्न नपाउँदै उनले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने अवसर पाए। 

बंगलादेशको सिलेट मेडिकल कलेजमा ७ वर्षमा एमबीबीएस अध्ययन पुरा गरेपछि उनी नेपाल फर्किए। त्रिवि शिक्षण अस्पतालमा काम सुरु गरे।

त्यतिबेला उनलाई मेडिसिनमा काम गर्ने इच्छा थियो। तर, चिकित्सक अभावका कारण उनलाई आकस्मिक सेवामा खटाइयो।

त्यतिबेला उनको मासिक तलब ४ हजारथियो। ४ हजार तलबले काठमाडौंमा बस्न निकै गाह्रो भएको उनलाई अझै सम्झना छ।

‘४ हजारले त मेरो खर्च धान्न निकै मुस्किल हुन्थ्यो,’ उनले भने, ‘२ हजार त घरभाडा तिर्नुपर्ने हुन्थ्यो, ७ रुपैयाँ पुलचोकदेखि जमलसम्म र जमलदेखि टिचिङसम्म थप ७ रुपैयाँ। खर्च बल्लतल्ल पुग्थ्यो।’

'मेडिकल क्षेत्र विस्तार भएको छ'
अहिले एमबीबीएस उत्तीर्ण गरेका मेडिकल अफिसरको मासिक तलब ४२ हजार छ। बढ्दै गएको महंगीले अहिले पनि चिकित्सकलाई खर्च धान्न सहज नभएको उनी बताउँछन्। तर, यातायात सुविधा, चिकित्सा शिक्षा अध्ययनको अवसर र कार्य क्षेत्र भने बढेको उनी बताउँछन्।

‘त्यतिबेला काठमाडौंमा टिचिङ, पाटनबाहेक काम गर्ने ठाउँ नै थिएन, निजी अस्पतालहरु थिएन, नर्सिङ होमहरु थिएन,’ डा अञ्जनी भन्छन्, ‘यो २०/२५ वर्षमा मेडिकल क्षेत्रमा धेरै विकास भएको छ।’

चिकित्सा विज्ञान र प्रविधिको विकासले चिकित्सा पेसा सहज बन्दै गएको डा अञ्जनीको बुझाइ छ।

उनी भन्छन्, ‘अहिले कुनै पनि रोगको उपचारका लागि काठमाडौंमा सम्भव छ।’

टिचिङ अस्पतालमा भन्दा पाटन अस्पतालमा बढी तलब थियो। उनले टिचिङमा करिब ६ महिना काम गरेपछि पाटन अस्पतालमा काम गर्न थाले। त्यतिबेला उनको तलब ७ हजार थियो। उनले त्यहाँ पनि ६ महिनामात्र काम गरे। 

०००

हिजोआज त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष भिडभाड देखिन्छ। आकस्मिक उपचारका लागि पुगेका बिरामीले सहज रुपमा आकस्मिक उपचार पाउनसक्ने अवस्था छैन। क्षमताभन्दा बढी बिरामीको चाप हुँदा अस्पतालले आकस्मिक सेवालाई गुणस्तरीय बनाउन नसकेको अस्पताल प्रमुखहरुले बताउने गरेका छन्। टिचिङ अस्पतालको यो समस्या भने पुरानै भएको डा अञ्जनी बताउँछन्।

आफूले मेडिकल अफिसरको रुपमा काम गर्दा पनि टिचिङ अस्पतालमा बिरामीको चाप हुने गरेको उनले सुनाए। 

‘त्यतिबेलाको संरचना अनुसार टिचिङमा बिरामीको चाप निकै हुन्थ्यो,’ डा अञ्जनीले भने, ‘कति बिरामीलाई त एम्बुलेन्समै हेर्नुपर्ने अवस्था थियो।’

जब आकस्मिक उपचार गरिसकेपछि बिरामीलाई कुकुरले टोकेको थाहा भयो
टिचिङ अस्पतालमा काम गर्दाको एउटा घटना उनी भुल्न सक्दैनन् जुन घटनाले त्यतिबेला आकस्मिक कक्षमा काम गर्ने सबै चिकित्सकलाई त्रसित बनाएको थियो। 

एकजना बिरामी आकस्मिक कक्ष बाहिर एम्बुलेन्समा थिए। आकस्मिक कक्षमा भिड थियो। बिरामी अन्तिम अवस्थामा रहेको भन्दै एम्बुलेन्समै हेरिदिन बिरामीका आफन्तले आग्रह गरे। डा अञ्जनी एम्बुलेन्समै पुगेर बिरामीको अवस्था हेरे। बिरामीको पल्स कायमै थियो। 

उनलाई लाग्यो- ‘बिरामीको मृत्यु भइसकेको छैन, उपचार गरे बाँच्न सक्छ।’ उनले आकिस्मक कक्षमा लगेर हतार–हतार आकस्मिक उपचार सुरु गरे।

८–१० जना चिकित्सक सहभागी भएर उनको स्वास्थ्य जाँच र उपचार भयो। जब बिरामी होसमा आए, तब चिकित्सकहरुको होस् उड्यो। 

‘बिरामी होसमा आएपछि त हाम्रो होस् उड्यो नि, बिरामीलाई कुकुरले टोकेर आएका रहेछन्, हामी स्वास्थ्य सावधानीविनै उपचारमा सरिक भयौ,’ त्यो घटना सम्झँदै उनले भने, ‘अस्पताल प्रशासनलाई भनेर सबैले ५ हजार पर्ने रेबिज विरुद्धको सुइ लगाउनुपर्ने अवस्था आयो।’

बिरामीका आफन्त अस्पताल घेर्न आएपछि
अहिले चिकित्सा विज्ञानमा प्रयोग गरिने थुप्रै मेडिकल उपकरण तथा परीक्षण विधिको विकास भइसकेको छ। जसले मानिसमा लागेको रोग पत्ता लगाउन सहज भएको छ।

तर, २०५० को दशकमा भने नेपालमा अहिलेजस्तो मेडिकल उपकरण र प्रविधि थिएनन्। रोग पहिचान गर्न सहज थिएन।

एकरात डा अञ्जनीको आकस्मिक कक्षमा ड्युटी थियो। रातको ११ बजे एकजना बिरामी टाउको दुख्यो भनेर उपचारका लागि आइपुगे। डा अञ्जनीले टाउको नदुख्ने औषधि दिएर भोलिपल्ट ओपिडीमा आउन र आवश्यक परीक्षण गर्नुपर्ने सल्लाह दिएर घर पठाए। तर, बिरामी वीर अस्पतालमा गए। वीर अस्पतालमा त्यतिबेला सिटी स्क्यान थियो। वीरका चिकित्सकले सिटी स्क्यान गराए। सिटी स्क्यानमा ट्युमर देखियो। भोलिपल्ट बिरामीका आफन्तहरु टिचिङ अस्पतालमा घेर्न आइपुगे।

‘टिचिङ अस्पतालमा त्यो बेला सिटी स्क्यान नै थिएन, अनि हरेक टाउको दुखेर आउने बिरामीलाई सिटी स्क्यान गराउने सल्लाह कसैले दिदैनथिए,’ अञ्जनीले सम्झिए, ‘आकस्मिक उपचार गरेर भोलिपल्ट आउन भनेको थिएँ, बिरामीका आफन्त भोलिपल्ट त झगडा गर्न आइपुगे, बिरामीका आफन्तलाई मुस्किलले सम्झायौं।’

डा झा यो घटनालाई बिरामीले आकस्मिक सेवालाई बुझ्न नसक्नु र अस्पतालहरुमा पर्याप्त सुविधा नहुँदा निम्तिने गरेको बताउँछन्। 

क्यान्सर रोगको क्षेत्रमा प्रवेश  
पाटन अस्पतालमा कार्यररत रहँदा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवेदन खुल्यो। प्यालेटिभ मेडिसिनका लागि अध्ययन गर्ने अवसरसँगै अध्ययनपश्चात सोही अस्पतालमा काम गर्नुपर्ने भनिएको थियो।

उनलाई मेडिसिनमा खुबै रुची थियो। उनले आवेदन दिए, छनौट भए र प्यालेटिभ  मेडिसिनको अध्ययनका लागि अस्ट्रेलिया गए। 

अस्ट्रेलिया गएपछि उनले बुझे- ‘प्यालेटिभ मेडिसिन क्यान्सर रोगका बिरामीका लागि उपयुक्त रहेछ।’ त्यसपछि उनलाई क्यान्सर रोगको क्षेत्रमा काम गर्ने सोच आयो।

उनी अस्ट्रेलियामा क्यान्सर अस्पताल र क्यान्सरका बिरामीहरुसँग नजिक पनि भए। जसले उनलाई क्यान्सरको क्षेत्रमा अघि बढ्न अझ प्रेरित गर्‍यो।

प्यालेटिभ मेडिसिनको अध्ययन गरेर नेपाल आएपछि उनी चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा काम गर्न थाले।

अस्पतालको ढोकैमा सर्प
बीपी कोइराला मेमोलियल क्यान्सर अस्पताल स्थापनाकालमा चिकित्सकहरु चितवनमा बस्न रुचाउँदैन थिए। उनलाई पनि चितवनमा भन्दा काठमाडौंमै रहेर काम गर्ने चाहना थियो। चितवनमा क्यान्सर अस्पतालमा अहिलेको जस्तो अवस्थामा थिएन।

उनले आफू पनि चितवन नजाने र काठमाडौंमै राख्न आग्रह गरे। तर, अस्पतालका तत्कालिन बोर्ड सदस्य डा शशांक कोइरालाले सम्झाए। ‘अब कसैले अस्पताल बनाउला, मुभिङ कुर्सी राख्ला र म बसेर काम गर्छु भनेर पर्खिने होइन, अब तिमी जाऊ, आफैं अस्पताल बनाउ, आफैं टेवल कुर्सी राख, आफैं बस’, शंशाकले यसरी सम्झाएपछि उनलाई पनि चुनौती लिन मन लाग्यो। उनी चितवन गए।

२०५२ चैत महिनाको समय थियो। जतिबेला बीपी कोइराला क्यान्सर अस्पतालमा जापान सरकारले बनाइदिएको जस्तापाताको तीनवटा भवनबाहेक अरु केही थिएन।

डे–केयर भनेर सानो भवनबाट क्यान्सरका बिरामीलाई सेवा दिइन्थ्यो।  न पानी न बिजुलीबत्तिको सुविधा। ढोकै अगाडि सर्पको बास। उनलाई सुरुवाती दिनहरुमा बीपी कोइराला क्यान्सर अस्पतालमा रहनै कठिन भयो। तर, उनी हिम्मत हार्नेवालामा थिएनन्। त्यसपछि उनीसहितको टोली बिरामीको सेवामा खटियो।

उनीहरु खटिँदै जाँदा अस्पतालमा विस्तारै सेवा र सुविधा थपिँदै गए।

डाक्टरलाई नै क्यान्सरबारे थाहा थिएन
२०५० को दशकसम्म नेपालमा एक त चिकित्सकको संख्या कम थियो। त्यसमा पनि क्यान्सर रोग विशेषज्ञहरु झनै कम थिए। भएका चिकित्सक काठमाडौं केन्द्रित।

काठमाडौं बाहिर त बिरामीहरुलाई क्यान्सर लागेको छ भन्ने विषयमा सोच राख्ने चिकित्सककै कमी भएको उनी बताउँछन्।

‘त्यतिबेला क्यान्सरको बारेमा जनचेतना नै थिएन,’ उनले भने, ‘डाक्टरहरुलाई पनि यो बिरामीलाई क्यान्सर होला भन्ने कुरा मनमा आउदै आउदैनथ्यो, अन्तिम अवस्थामै पुगेपछि मात्र बिरामी आउथें।’

तर, केही बिरामी भने भारतमा पुगेर जाँच गराएपछि क्यान्सर भएको पत्ता लाग्थ्यो। 

उनले सम्झिए, ‘भारतमा क्यान्सर पत्ता लागिसकेका बिरामीहरु कम्प्लिकेसन आयो भने हामीकहाँ उपचार गराउन आउथे।’

बीपी कोइरालाको क्यान्सरको उपचार भारतको मुम्बइमा भएको थियो। जतिबेला नेपालमा क्यान्सर लागेपछि मान्छे बाँच्दैन भन्ने गरिन्थ्यो। बीपी कोइरालाको उपचार भारतमा भएकाले  केही सिमित व्यक्तिहरु भारतमा क्यान्सर उपचारका लागि एकपटक भनेपनि पुग्ने गर्थे।

रेडियसन अंकोलोजीको अध्ययन 
चीन सरकारको सहयोगमा सन् १९९५ मा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले बीपी कोइराला क्यान्सर अस्पताल बनाउन भवनको शिलान्यास गरे। 

भरतपुरमा क्यान्सर अस्पताल भवन निर्माणको काम हुँदै थियो। उनलाई फेरि रेडियसन अंकोलोजीमा छात्रवृत्तिमा एमडी गर्ने अवसर आयो। जतिबेला नेपालमा रेडियसन अंकोलोजीमा एमडी गरेका चिकित्सक २ जनामात्र थिए। तीमध्ये पनि एकजना अध्ययनरत थिए भने कार्यरत एकजना मात्र थिए। क्यान्सरका बिरामी उपचार गर्नुपर्दा भारतबाट कन्ट्रयाक्टमा चिकित्सक ल्याउने गरिन्थ्यो।

नि:शुल्क पढ्ने अवसर र क्यान्सर अस्पतालमै कार्यरत भएकाले उनले त्यो अवसरलाई स्वीकार गरे र एमडी गर्न भारत गए। अध्ययन सकेर बिरामीको सेवामा खटिए। भन्छन्, ‘अहिले म यसमै रमाइरहेको छु।’

मेसिन चलाउने, सेक्ने डाक्टर!
तर, २० वर्षअघि क्यान्सर रोगको उपचार स्थापित गराउन भने सहज थिएन। रेडियसन अंकोलोजी पढ्न जाँदा उनलाई कतिले त भन्ने गर्थे- ‘मेसिन चलाउने, सेक्ने डाक्टर होला।’ तर, समयसँगै क्यान्सर रोगको क्षेत्रमा चिकित्सकको आकर्षण  बढ्दै गएको डा झा बताउँछन्।

उनले करिब २२ वर्षसम्म बीपी कोइराला क्यान्सर अस्पतालमै काम गरे। 

डा झा अहिले आफैंले सञ्चालन गरेको  काठमाडौं क्यान्सर सेन्टरमा कार्यरत छन्।  उनी अहिले पनि बिरामीको उपचारमा सक्रिय छन्। क्यान्सरको क्षेत्रमा झण्डै २६ वर्ष अनुभव संगालेका डा अञ्जनीले धेरै क्यान्सरका बिरामीहरुको उपचार गरे। 

‘यो २० वर्षको अन्तरालमा क्यान्सर रोगको क्षेत्रमा निकै राम्रो फड्को मारेको हो, विश्वमा भएको विकास जस्तो नेपालमा पनि धेरै प्रविधिको विकास भएको छ,’ उनले भने, ‘चितवनमा पनि रेडियोथेरापीको राम्रा मेसिनहरु आएका छन्, निजी क्षेत्रमा पनि छन्, क्यान्सरकै सर्जरीका लागि पनि विज्ञहरु बढेका छन्, प्यालेटिभ केयरका पनि विज्ञहरु बढ्दै गएका छन्।’

आजभन्दा २० वर्षअघि क्यान्सरको उपचार गराएका बिरामीहरु अहिले पनि फलोअपमा आउने गरेको भन्दै क्यान्सरको उपचार गराउनुपर्ने उनले सुनाए।

‘मैले सन् २००१ मा चितवनमा क्यान्सरको उपचार गराएको बिरामी अहिले यहाँ मेरो अस्पतालमा फलोअपका लागि आइरहन्छन्,’ उनले भने, ‘यसको अर्थ क्यान्सर निको भएर मान्छे बाँचिरहेका छन्। त्यसैले सुरुमै रोग पत्ता लाग्दा क्यान्सर रोग निको हुन्छ।’

सरकारले क्यान्सरका बिरामीलाई एक लाख सहुलियतको व्यवस्था गराएकाले पनि ग्रामिण क्षेत्रबाट पनि बिरामीहरु उपचारका लागि अस्पताल आउने गरेको उनले सुनाए।

नेपालमा अझै पनि क्यान्सर रोग लागेपछि मरिन्छ भन्ने सोच राख्नेहरु छन्। क्यान्सर निको हुँदैन भनेर समयमा उपचार नै नगराउनेहरुलाई उपचारको दायरामा ल्याउन सचेतनात्मक कार्यक्रम ल्याउन आश्यक रहेको उनको भनाइ छ।

उनले नेपालमा क्यान्सरका बिरामीको औषधि उपचार महंगो भएकाले मूल्यलाई कम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए।

क्यान्सरको उपचारमा आवश्यक पर्ने उपकरण ल्याउन सरकारी तथा निजी अस्पतालहरुलाई कर छुटको व्यवस्था गर्नुपर्ने डा अञ्जनीको भनाइ छ।

अब राजनीतिमा सक्रिय
स्वास्थ्य क्षेत्रमा करिब २६ वर्ष बिताएर सुधारका लागि आवाज उठाउँदै आएका डा अञ्जनी अहिले राजनीतिमा पनि सक्रिय छन्। नेपाल चिकित्सक संघको अध्यक्ष भइसकेका अञ्जनीले विद्यालय शिक्षादेखि नै राजनीतिका माहोल र विद्यार्थी आन्दोलनका घटनालाई नजिकबाट नियाले।

उनले सेवामा सक्रिय रहँदा स्वास्थ्य क्षेत्रको सुधारका लागि उठाएका धेरै कुरा अझै पुरा भएका छैनन्। पेशागत संगठनदेखि स्वास्थ्य अनुसन्धान परिषदको कार्यकारी अध्यक्ष हुँदासम्म उनले नीतिगत र कानुन सुधारमा आवाज उठाए। तर, राजनीतिक रुपमा त्यसलाई प्राथमिकता नदिँदा धेरै काम अधुरै रहे। त्यसपछि उनले आफू नै राजनीतिमा लागेर सुधारमा लाग्ने अठोट लिए। 

भन्छन्, ‘धेरै नीतिगत र कानुनी सुधारका लागि राजनीतिक प्रतिबद्धता नै चाहिन्छ। तर, तल बसेर आवाज उठाउँदा नसुनेपछि आफैँ त्यहाँ जान लागेको हुँ।’

उनी नेपाली कांग्रेसमा आवद्ध छन्। गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिएपनि उनी पराजित भए। तर, उनले हार मानेका छैनन्। राजनीतिमा सक्रिय भएर स्वास्थ्यसेवाका महत्वपूर्ण विषयलाई संसद र सरकारसम्म पुर्‍याउने उनको योजना छ।

‘२६ वर्षसम्म स्वास्थ्यक्षेत्रमा काम गरें, चिकित्सक संघ, एनएचआरसीमा हुँदा स्वास्थ्य क्षेत्रको समस्या संसद र नेताहरुमा पुर्‍याउन सकिएन, स्वास्थ्य क्षेत्रमा जुन परिवर्तन हुनुपर्ने हो, त्यो निकै ढिलो भयो,’ उनले भने, ‘डाक्टर भएर जुन अनुभवहरु प्राप्त गरेँ, स्वास्थ्य सेवाका विषय उठाउनुपर्ने सहि ठाउँ संसद हो, त्यसैले अब राजनितीमा लागेर स्वास्थ्य सेवालाई अझ राम्रो बनाउने मेरो सोच हो।’

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्