काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका प्रस्तुत भएको छ। आइतबारबाट सुरु भएको बैठक काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बसिरहेको छ।
स्थानीय तह निर्वाचन निर्देशिका मस्यौदा कार्यदलका सदस्यहरु नवराज सुवेदी, हिसिला यमी र मनिष सुमनले तयार पारेको निर्देशिकामा विभिन्न १० वटा मुख्य बुँदाहरु रहेका छन्।
स्थानीय तहमा पार्टीका उम्मेदवारहरुको मापदण्ड पनि प्रस्तुत गरिएको छ। जसमा सात वटा उपबुँदाहरु रहेका छन्-
१. पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकत्वलाई आत्मसात गर्ने।
२. पार्टी समितिमा संगठित/ सक्रिय रहने।
३. सामाजिक काममा समर्पित हुन सक्ने।
४. स्वच्छ सामाजिक छवि भएको।
५. विजय हालिस गर्न सक्ने।
६. सम्बन्धित गाउँ, नगर र वडाको वस्तुस्थति बुझेको।
७. सुशासन प्रत्याभूति गर्न सक्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।