• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तराई–मधेस केन्द्रित पार्टी प्रवेश 'मिसन'मा एमाले, निसानामा जसपा र माओवादी केन्द्र

64x64
नेपाल लाइभ आइतबार, फागुन २९, २०७८  १५:४२
1140x725

काठमाडौं– पाँच वर्षअघि स्थानीय तहको निर्वाचनमा एमालेले मधेस प्रदेशका १३६ स्थानीय तह (पालिका)मध्ये जम्मा १८ वटा पालिकामा मात्रै प्रमुख/अध्यक्ष जितेको थियो। देशभरिका स्थानीय तहको नतिजामा प्रथम बनेको पार्टी एमाले तराईमा भने पाँचौंमा सीमित हुनुपर्‍यो। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर देशभर पहिलो पार्टी बन्दा समेत प्रदेश २ मा चौथोमा चित्त बुझाउनुपरेको थियो। समानुपातिकतर्फ प्रदेश २ मा एमालेले जम्मा १६ दशमलव २५ प्रतिशत मत पाएको थियो। गठबन्धन बनाएर चुनाव लड्दा प्रत्यक्षमा १४ सिट जितेको थियो।

माथिको आँकडालाई महसुस गरेको एमालेले तराई–मधेस केन्द्रित पार्टी प्रवेश अभियानलाई तीव्र बनाएको छ। एमालेले तराई–मधेसका विभिन्न जिल्लालाई प्रतिनिधित्व गर्ने केही केन्द्रीय नेता, जनप्रतिनिधि र अन्य पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराएको छ। 

एमालेको निसानामा मधेस केन्द्रित दल र माओवादी केन्द्रमा आवद्ध नेता-कार्यकर्ता देखिन्छन्। त्यसमा पनि गएको निर्वाचनमा स्थानीय तह जितेका नेताहरुलाई विशेष प्राथमिकताका साथ पार्टी भित्र्याउने अभियानलाई एमालेले अगाडि बढाएको छ। 

शनिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेशका दुई स्थानीय तहका प्रमुखसहित केही जनप्रतिनिधिलाई एमालेमा प्रवेश गराए। वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगीसँगै २ जना वडाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य र केही वडा सदस्य तथा नगर कार्यपालिका सदस्यहरु एमाले प्रवेश गरेका छन्। शनिबार सरावगीसँगै एमाले प्रवेश गर्नेमा वडा नम्बर १४ का वडाध्यक्ष भर कुर्मी, २५ का बृजलाल पटेल र जिल्ला समन्वय समितिका सदस्य आमोद यादवसहितका जनप्रतिनिधिहरु छन्। एमालेमा प्रवेश गरेका सरावगी जसपाका मेयर हुन्। 

त्यसलगत्तै बाराको जयनगर (चिउँटाहा)मा आयोजित आमसभामा पुगे ओली। त्यहाँ आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी  र उनीनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरे। अन्सारी पनि जसपाबाटै निर्वाचित अध्यक्ष हुन्। उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष डा अख्तर आलम अन्सारीसमेत औपचारिक रुपमा एमालेमा प्रवेश गरे।

यसअघि फागुन २५ गते एमालेको संगठन कमजोर रहेको मोरङको रंगेली नगरपालिकाका मेयर, उपमेयर र दुईजना वडाध्यक्षसहित माओवादी केन्द्रका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए। 

प्रवेश गर्नेमा रंगेली नगरपालिकाका मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनालका साथै वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल छन्। उनीहरू सबै माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए।

nimb
nimb

त्यसअघि फागुन २ गते रूपन्देहीका दुईवटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू एमालेमा प्रवेश गरेका थिए। रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवसँगै ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’ र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजनलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका थिए। यादव तत्कालीन मधेसी जनअधिकार फोरम, हालको जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्।

पुसबाटै सुरु भएको थियो अभियान
नेपाली कांग्रेसले आइतबारदेखि एक महिने निर्वाचन अभियान थालेको छ। तर, एमालेले भने गत पुसदेखि नै निर्वाचन केन्द्रित अभियान मात्रै होइन, पार्टी प्रवेश कार्यक्रम थालिसकेको थियो। 

चितवन महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेको निर्णय थियो- 'पुस मसान्तसम्म सबै तहका पार्टी कमिटीहरूले आ–आफ्नो कार्यक्षेत्र भित्रको पार्टी प्रवेश सम्भावनाको आकलन गर्ने, प्रवेश गर्ने सम्भावित व्यक्तिहरूको सूची तयार गर्ने र प्रवेशको तयारीका लागि निश्चित व्यक्तिलाई जिम्मेवारी प्रदान गर्ने।'

एमालेले गरेको यो निर्णयअनुसार माघ र फागुन महिनामा विशेष कार्यक्रम आयोजना गरी पार्टी प्रवेश अभियान सञ्चालन हुने थियो। तर, एमाले अध्यक्ष ओलीले त्यसअघि नै निर्णय कार्यान्वयन थालिसकेका थिए। पुस ६ गते नै कपिलवस्तुको बहादुरगञ्जमा पार्टी प्रवेश कार्यक्रम गरेर जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तालाई एमालेमा भित्र्याए। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ का ‘उपविजेता’ गुप्तालाई नेकपा एमालेले उच्च प्राथमिकतामा राखेर पार्टी प्रवेश गराएको हो। उनलाई पार्टीमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरु कपिलवस्तु पुगेका थिए।

त्यहाँको पहाडी समुदायमा राम्रै जनसमर्थन रहेको एमालेले राजमार्गको उत्तर भागमा पहाडी समुदायको वर्चस्व भएका कारण विजयनगर गाउँपालिका अध्यक्ष र शिवराज नगरपालिकामा मेयर जितेको छ। तर, मधेसी समुदायमा एमाले कमजोर भएकाले आफ्नै उम्मेदवार नउठाएर हृदयेश त्रिपाठीका उम्मेदवार ईश्वर दयाल मिश्रलाई समर्थन गरेको थियो। 

गएको निर्वाचनमा कांग्रेसका अभिषेकप्रताप साहसँग पराजित भएका गुप्ता एमाले प्रवेशपछि त्यहाँ संगठन मजबुत हुने आकलन एमालेको छ। 

त्यसपछि पुस ८ गते ‌ओलीले पर्साको जगरनाथ पुगेर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित माओवादी केन्द्रका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराए। 

पुस १७ गते बाँकेको नरैनापुरमा जसपाका केन्द्रीय सदस्य रामकुमार दीक्षितसहित उक्त पार्टीका स्थानीय नेता-कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराएका थिए। त्यसअघि राजपाका पूर्वसहमहामन्त्री पशुपति दयाल मिश्र र केन्द्रीय सदस्य करिम खान एमालेमा प्रवेश गरेका थिए।

यसैगरी पुस १९ गते पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरे। एमाले विभाजनको समयमा एकीकृत समाजवादीतिर लागेका झालाई ओलीले मधेसको राजनीति मजबुत बनाउन एमालेमा भित्र्याएका हुन्। 

गत पुस २३ गते जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) एमाले मा प्रवेश गरे। एमालेको नवौं जिल्ला अधिवेशनका अवसरमा उनलाई उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराएका थिए। यादव गत स्थानीय तह निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भएका थिए। तर, दोस्रो स्थानमै सीमित भएका थिए।

पुस २७ गते नै ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मसहुर आलम खान पनि एमालेमा प्रवेश गरे। उनी गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

पार्टी प्रवेशमा जसपालाई निसाना बनाउने क्रममा गण्डकी प्रदेशमा एमालेले विशेष सफलता हासिल गरेको छ। जसपाका गण्डकी प्रदेश ईञ्जार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहितका नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका र भातृ संगठनका ३ जना अध्यक्षसहित ४०० नेता/कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल, तर उच्च सतर्कता अपनाउन आग्रह
चितवनमा सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन, १२ वटा परिवारले लगे
चिकित्सक भन्छन्– शवबाट मात्र संक्रमण फैलिन्छ भन्नु गलत हो
सम्बन्धित सामग्री
एमाले मधेस प्रदेशले बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ। सोमबार, भदौ १५, २०८३
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय दिएको छ। सोमबार, भदौ १५, २०८३
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : नेपाल नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश अहिले संकटमा रहेको बताएका छन्। यस संकटको समयमा सरक... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल, तर उच्च सतर्कता अपनाउन आग्रह सोमबार, भदौ १५, २०८३
चितवनमा सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन, १२ वटा परिवारले लगे सोमबार, भदौ १५, २०८३
चिकित्सक भन्छन्– शवबाट मात्र संक्रमण फैलिन्छ भन्नु गलत हो सोमबार, भदौ १५, २०८३
त्रिशूली जलविद्युत् ३ ‘ए’ मा क्राउन ब्लास्ट गरियो, उद्धारकर्ता भित्र पस्न सकेनन् सोमबार, भदौ १५, २०८३
प्रधानमन्त्री राहत कोषमा चीनको ३० करोड रुपैयाँ सहयोग सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्