फाइल तस्बिर
काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले भारतले नेपाली सीमामा अतिक्रमण गरिरहेको भन्दै त्यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गरेका छन्।
आइतबारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले नेपाली सीमामा थिचोमिचो र अतिक्रमण गरिरहेको भन्दै तत्काल रोक्न जरुरी रहेको बताए। 'प्रधानमन्त्रीज्यूमार्फत् दार्चुलामा के भइरहेको छ? नेपालको सीमाना सुरक्षित भएको छ कि छैन? त्यसबारे सदनमा जानकारी गराउन आवश्यक छ', उनले भने।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पत्रपत्रिकामा काम भएन, देशको सुरक्षा भएन, दार्चुलामा महाकालीको बहाब भारतले नेपालतर्फ फर्काउँदै छ तर सरकार मौन भनेर समाचार प्रकाशित भइरहेको सुवालले बताए। यथार्थमा यस्तो भइरहेको उनको भनाइ छ। तर सरकार किन बोल्दैन? भन्दै उनले प्रश्न गरे।
'नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले पनि आफ्नैतिर भूमि गाभेर नयाँ नक्सा जारी गर्यो। तर कालापानीमा भारतीय सेना यथावत् छ। नेपाली भूमि लेपुलेकमा भारतले सडक बनाउँदैछ। दार्चुलामा महाकाली नदी ५ मिटर अतिक्रमण गरेर भारतले ९ मिटर उचाइको ५ किलोमिटर लामो तटबन्धन बनाउँदैछ। यसले आउने वर्षात्मा नेपाली जनधनको क्षति हुने भयो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।