काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठक पनि एमालेका सांसद्हरुले अवरोध गरेका छन्। बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु वेल घेराउ गर्न पुगेका थिए।
तर, एमालेकै सांसद् भीम रावलले आफ्नो पार्टीका सांसद्हरुले गरिरहेको अवरोधलाई बेवास्ता गर्दै सभामुखसँग समय लिएर बोलेका छन्। उनी बोलिरहँदा वेल घेराउ गरिरहेका एमालेकै अन्य सांसद्ले भने नाराबाजी गरिहरेका छन्।
यसअघि एमसीसी टेबल हुँदै पारित हुने प्रक्रियामा रहँदा पनि रावलले पार्टीको मूल नीति विपरीत छलफलमा भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।