काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन्। उनले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन्।
घिमिरेकै नेतृत्वमा गत मंसिरमा नेपाली कांग्रेसको चौधौं महाधिवेशन भएको थियो।
वरिष्ठ अधिवक्ता घिमिरे नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।