काठमाडौं– आइतबार बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयका अनुसार आइतबारको बैठकको कार्यसूचीमा २ विषय छन्।
आइतबार बस्ने बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको २१औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
आइतबारको बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूची रहेको छ। आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।