काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठकमा स्थानीयतह निर्वाचनलाई लक्षित गर्दै छलफल सुरु भएको छ। आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको समिति तोकिएपछि छलफल गर्न आइतबार र सोमबार छलफल गर्न लागेको हो।
बैठकमा स्थानीय तह निर्वाचन, समसामायिक अवस्था, संगठनात्मक संचरचना र विधान अधिवेशन र विविधि गरी ५ अजेण्डा तय गरिएको केन्द्रीय सदस्य राजेश विद्रोहीले बताए।
बैठकमा स्थानीय निर्वाचनमा कसरी पार्टीलाई विजयी गराउन सकिन्छ भन्ने विषयमा नेताहरुले सुझावसमेत राख्ने भएका छन्। केन्दीय समितिमा ४ सय ९९ भन्दा धेरै सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।