काठमाडौं– नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन्। पोखरामा आयोजित नवौं महाधिवेसनबाट दोस्रो कार्यकालका लागि बस्नेत अध्यक्ष चुनिएका हुन्।
यस्तै, उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देवीका घर्ती चयन भएका छन्। संगठनको महासचिवमा हिरामान लामा र उपमहासचिवमा शुरोजंग पाण्डे, राजु सुवेदी चयन भएका छन्। कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवहरुमा विक्रम लुइटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन्।
बस्नेतको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।