काठमाडौं– बागमती प्रदेशको प्रदेशसभा चालु नवौं अधिवेशनको नवौं बैठक आज बस्दै छ। आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि १४ फागुनका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरिरहेका कारण बागमती प्रदेशको प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन।
गत ७ र ८ पुसमा दुई दिन चलेको बैठकमा नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक अनिश्चित भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरूको सरकारले ल्याएका महत्त्वपूर्ण योजनाहरू कटौती गरेकोले आफूहरूले विरोध गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।