काठमाडौं– राप्रपा नेपालले संगठन विस्तारलाई तिब्रता दिइरहेको छ। पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु गठन निर्माण भइरहेका छन्।
यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।
चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्य समिती गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिति गठन भएको छ। यसैगरि धादिङ जिल्लामा लोसपा जिल्ला कार्य समिति राप्रपा नेपालमा समाहित भएको छ।
लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन् । शनिबारमात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो।
जनवर्गीय संगठनहरुमा युवक, विद्यार्थी, महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन्।
केही दिन भित्र धार्मिक र सांस्कृतिक संगठनको केन्द्रीय समिति घोषणा गर्ने तयारी रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।