ब्युनोस आयर्स- शुक्रबार बिहान भएको दक्षिण अमेरिकी छनोटको महत्वपूर्ण खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिना संकटमा परेको छ।
पेरुविरुद्धको खेलमा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसी पटकपटक चुकेका छन्। उनका धेरै प्रहार पोलमा लागेको थियो। अर्जेन्टिनले प्रहार गरेको ७ प्रहामध्ये ६ प्रहार 'अन टार्गेट' थिए। तीमध्ये अधिकांश पास मेसीले उपलब्ध गराएका थिए।
दुई पटकको विश्वविजेता अर्जेन्टिनाको फिफा विश्वकप २०१८ मा छनोट हुने सम्भावना कठिन बनेको छ।
दक्षिण अमेरिकी छनोटको अन्तिम खेल बाँकी रहदा अर्जेन्टिना अंक तालिकाको छैटौं स्थानमा झरेको छ। विश्वकपमा स्थान बनाउन शीर्ष चारमा रहनुपर्छ। पाँचौ भएको अवस्थामा अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकपमा छनोट हुने आशा बाँकी रहन्छ।
यसरी चुकेका थिए मेसी-
यो पनि: विश्वकप छनोट: अर्जेन्टिनालाई पेरुले बराबरीमा रोक्यो, छनोट हुने झिनो आशा बाँकी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।