काठमाडौं– बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले फरार दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा गोरखाको भीमसेन थापा गाउँपालिका–५ का २५ वर्षीय निसम विक र हेटौडा उपमहानगरपालिका–१७ का ३२ वर्षीय मन्दिप भुजेल छन्।
मौसम उपाध्यायले जोहरी दिएपछि विकलाई उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।उनलाई बिहीबार बनस्थलीबाट पक्राउ गरिएको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।
त्यसैगरी भुजेलवरुद्ध ९ लाख जरिवानासहित उच्च अदालत पाटनले ४ दिनको कैद सजाय सुनाएको थियो। गत मंसिर उक्त सजाय सुनाएपछि उनी फरार हुँदै आएका थिए। उनलाई बिहीबार नै मनमैजुबाट पक्राउ गरिएको एसपी कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।