काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ।
आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए।
त्यसमध्ये बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ।
आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।