• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भगवन्त मानको यात्रा : नेताहरुको खिसिट्युरीदेखि पञ्जाबको मुख्यमन्त्रीसम्म 

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २७, २०७८  ०७:०२
1140x725

विधानसभाको निर्वाचन घोषणापछि भारतको पञ्जाब प्रान्तमा आम आदमी पार्टी (आप)ले भगवन्त मानलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको थियो। जनताबाटै मत सर्वेक्षण गरेर आप अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उनको नाम घोषणा गरेका थिए।

अहिले उनै भगवन्त मान पञ्जाबको मुख्यमन्त्री हुने निश्चित भएको छ। उनले आफू असली पञ्जाब ब्युताउनका लागि लडाइँ लडिरहेको बताएका छन्।

मानको पहिलो परिचय हास्यव्यंग्य कलाकार (कमेडियन) हो। कलाकारिता छाडेर राजनीतिमा लागेका उनी आपको तर्फबाट पञ्जाबको संगरुर सिटबाट लगातार दुई पटक लोकसभा सांसद छानिएका छन्। उनी पार्टीको पञ्जाब प्रदेश अध्यक्ष पनि हुन्। 

पञ्जाबको मुख्यमन्त्रीको रूपमा सपथको तयारीमा लागेका मान सन् २०१४ मा आपमा सामेल भएका थिए। त्यसपछि पार्टीको प्रचारमा सबैभन्दा बढी देखिएको अनुहारमध्ये उनको पनि थियो। त्यस यता उनको सक्रियता कहिल्यै घटेको छैन।

‘कमेडियन’बाट सुरु भएको यात्रा
भगवन्त मानको जन्म १७ अक्टोबर १९७३ मा भारतको पञ्जाबको संगरुर जिल्लामा भएको थियो। उनका बुबा महिंदर सिंह सरकारी शिक्षक र आमा गृहिणी थिइन्। स्नातकको पढाइ पूरा गर्दासम्म मानको जीवन सामान्य भारतीय युवाको जस्तै थियो। 

स्नातक अध्ययन पूरा गरेपछि उनी हास्यव्यंग्य क्षेत्रमा प्रवेश गरे। संगरुरको सुनाम शहीद उधम सिंह कलेजमा अध्ययन गरेका उनले कमेडी र कविताका कैयौं प्रतियोगितामा जित हात पारे। त्यहीँदेखि उनले आफ्नो करियर कमेडियनकै रूपमा अघि बढाउने निर्णय लिएका थिए।

उनले आफ्नो पहिलो कमेडी र प्यारोडी गीतहरूको एल्बम (टेप) ‘गोबी दी ए कच्चिए व्यापारने’ सन् १९९२ मा सार्वजनिक गरेका थिए। पहिलो टेपबाटै उनी कमेडीको दुनियाँमा स्थापित भए।

१२ कक्षासम्मको पढाइ सकेपछि उनले बीकम अध्ययन गर्न थाले। तर, कमेडीलाई अघि बढाउँदा उनले पढाइ बीचैमा छाडे। सन् १९९२ देखि २०१३ सम्म उनले कमेडीका २५ वटा एल्बम निकालेका थिए। उनका पाँच वटा गीत पनि सार्वजनिक भएका छन्। उनले सन् १९९४ देखि २०१५ सम्म १३ वटा हिन्दी फिल्म तथा विज्ञापनमा अभिनय गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘जुगनु’, ‘झण्डा सिंह’, ‘बीबो बुआ’, ‘पप्पु पास’जस्ता कमेडीका पात्रहरुको जन्मदाता उनै भगवन्त मान हुन्। जगतार जग्गी र राणा रणविरसँग कमेडी गरिसकेका मानको ‘जुगनु मस्त मस्त’ टेलिभिजनका कमेडी कार्यक्रम र ‘नो लाइफ विद वाइफ’ स्टेज कार्यक्रम निकै चर्चित थिए।

भारतीय गायक करमजीत अनमोललाई कमेडी कार्यक्रममा जोड्ने तथा अभिनयमा प्रवेश गराउने पनि मान नै थिए। अनमोल र मान कलेजमा सँगै अध्ययनरत् थिए।

राजनीति प्रवेशको त्यो घुम्ती
बाल्यकालदेनि नै मानको भाषण दिने सोख थियो। त्यति बेला कमेडियन वा नेता बन्ने उनको कल्पना थिएन। मानको सहपाठी पनि रहेका आपको पञ्जाब इकाई मिडिया सल्लाहकार तथा पूर्व पत्रकार मञ्जित सिंह सिद्धुका अनुसार मान खेतमा पानी लगाउने बेलामा होस् वा कुनै काम गर्दा, लौरोलाई नै माइकको रूपमा प्रयोग गरेर भाषण दिने गर्थे। मानले कमेडी टेपमार्फत समाज र राजनीतिका विभिन्न मुद्दामा गरेको व्यंग्य उनको कलाको मुख्य पाटो भएको सिद्धु बताउँछन्। 

Xtrem

Xtrem

सन् २००९ देखि २०१० को समयमा मानले स्थानीय पत्रिकामा एउटा समाचार पढे। जसमा फाजिल्का क्षेत्रका बालबालिका निकै अनौठो रोगबाट पीडित भएको उल्लेख थियो। मान भोलिपल्टै नानक र आसपासका दुवै गाउँमा पुगे। त्यहाँको खानेपानीमा समस्या थियो, जस कारण स्थानीयको स्वास्थ्यमा समस्या आएको थियो। त्यहाँ केही आप्रबासी साथीहरुको सहयोगमा उनले पानीको समस्या समाधान गर्न ट्युबेल बनाइदिएका थिए।

त्यही बेला उनले यो विषयलाई सामाजिक सञ्जाल र मिडिया क्षेत्रका साथीहरुसँग सहकार्य गरेर बहसको मुद्दा बनाएका थिए। प्रख्यात कृषि वैज्ञानिक सरदार सिंह जोहलको नेतृत्वमा जलान्धरमा पञ्जाबको मुद्दालाई लिएर सम्मेलनको आयोजना गरिएको थियो। यहाँ मान र भारतीय नेता मनप्रित सिंह बादलको भेट भएको थियो। बादलले नै उनलाई सक्रिय राजनीतिमा लाग्न प्रेरित गरेका थिए।

राजनीतिक यात्रा : पीपीपीबाट आपमा फड्को
भगवन्त मानले राजनीतिमा प्रवेश गर्दा सञ्चारमाध्यमसँग भनेका थिए, ‘म आफ्नो कमेडीको माध्यमबाट एक किसिमको राजनीतिक र सामाजिक कमेन्ट्री नै गरिरहेको हुँ। अब मलाई लाग्छ फहोर सफा गर्नका लागि फोहोरमा हात हाल्नै पर्छ। त्यसैले, म सक्रिय राजनीतिमा आउँदै छु।’

त्यति बेला उनले पञ्जाबमा शिरोमणि अकाली दल र कांग्रेसले मिलेर सत्ताको चक्र बनाएको बताएका थिए। त्यसमा पञ्जाबका मानिसहरु पिसिएको उनको भनाइ थियो। पञ्जाबमा एउटा विकल्पको आवश्यकता भएको र त्यो विकल्प आफूहरू बन्ने कोसिस गर्ने उनले बताएका थिए।

मान राजनीतिक मञ्चहरुमा पनि कलाकारिताका लागि धेरै पटक गएका थिए। मुख्यगरी उनले तेस्रो विकल्प्को रुपमा बलवन्त सिंह रामुवालियाको लोक भलाई पार्टीको प्रचार गरेका थिए। तर, उनी कहिल्यै कुनै राजनीतिक दलमा सामेल भएका थिएनन्। उनी कलेज पढ्दा वामपन्थी विचारधाराबाट प्रभावित भएका थिए। पार्टी सदस्य भने भएका थिएनन्।

मनप्रित बादलले मार्च २०११ मा ‘पञ्जाब पिपुल्स पार्टी’ (पीपीपी) गठन गरेपछि मान पनि राजनीतिमा प्रवेश गरे। उनी पीपीपीका संस्थापक नेता बनेका थिए। 

यो पनि पढ्नुहोस्

पञ्जाबमा ‘आप’को उदय : भारतीय राष्ट्रिय राजनीतिकै वैकल्पिक शक्ति बन्ने संकेत

त्यसको एक वर्ष नपुग्दै उनी फेब्रुअरी २०१२ मा पञ्जाबको विधानसभा चुनावमा लहरगागा निर्वाचन क्षेत्रबाट उम्मेदवार बने। उनले पञ्जाबकी पूर्वमुख्यमन्त्री तथा कांग्रेसका दिग्गज नेता राजिन्दर कौर भट्टलको विरुद्ध उम्मेदवारी दिए पनि जित्न सकेनन्। उक्त निर्वाचनमा कुनै सिट नजितेपछि पीपीपी प्रमुख मनप्रित सिंह बादल कांग्रेसमा समेल हुने तयारी गरेपछि मानले फरक बाटो रोजे। उनी सन् २०१४ मा आम आदमी पार्टीमा सामेल भए। 

आपलाई पञ्जाबमा निकै ठूलो समर्थन मिलेको थियो। सन् २०१४ को लोकसभा चुनावमा आपले यहाँबाट चार सिट जितेको थियो। मान चुनावको प्रचारमा मुख्य अनुहार थिए। उनी पनि संगरुर क्षेत्रबाट उम्मेदवार बनेका थिए। उनले अकाली दलका वरिष्ठ नेता सुखदेव सिंह ढीन्डसालाई दुई लाखभन्दा धेरै मतान्तरले हराएका थिए। कांग्रेस नेता विजय इन्दर सिंगला तेस्रो नम्बरमा परेका थिए। 

सन् २०१९ को लोकसभा चुनावमा पञ्जाबको राजनीतिक परिस्थिति फेरिइसकेको थियो। सन् २०१७ को विधानसभा चुनावबाट कांग्रेस फेरि सत्तामा आएको थियो। आम पनि विभाजित भएको थियो। सुखपाल खैराको पञ्जाब एकता पार्टी, धर्मवीर गान्धीको न्यु पञ्जाब पार्टी र बैंस भाइयोंको लोक इन्साफ पार्टीले गठबन्धन बनाएका थिए। तर, उक्त गठबन्धनले एक सिट पनि हासिल गरेन।

शिरोमणि अकाली दलको साथ पाएको भाजपा गठबन्धन र कांग्रेसबाहेक भगवन्त मान मात्रै एक यस्ता नेता थिए, जसले संगरुरबाट तेस्रो पार्टीको रूपमा फेरि जित हासिल गरेर लोकसभा पुगेका थिए। योसँगै भगवन्त मान आपका अग्रणी नेताको रुपमा उदाएका थिए। 

८ मे २०१७ मा भगवन्त मान आपको पञ्जाब इकाई अध्यक्ष भए। तर, उनले केही समयपछि नै उक्त पदबाट राजीनामा दिए। पार्टीका प्रमुख अरविन्द केजरीवालले ड्रग माफियालाई कथित रुपमा संरक्षण दिएका अकाली नेता विक्रम सिंह मजिठियाविरुद्ध मानहानी मुद्दामा अदालतमा माफी मागेका कारण उनी रिसाएका थिए। 

सन् २०१७ को विधानसभा चुनावमा मानले आपको टिकटमा जलालाबाद क्षेत्रमा सुखवीर बादलको विरुद्ध लडेका थिए। तर, मान बादलसँग १८ हजारभन्दा धेरै भोटले पराजित भए। कांग्रेसले यहाँबाट रवनीत बिट्टुलाई उठाएको थियो, जस कारण त्रिपक्षीय प्रतिश्पर्धामा मानको हार भएको थियो। सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा भने उनी एक लाख ११ हजारभन्दा बढी मतान्तरले विजयी भए।

रक्सीको विषयमा पटकपटक विवाद
नेताहरुमाथि प्रायः भ्रष्टाचार, आफन्तवाद र सम्पत्ति आर्जनको आरोप लाग्छ। तर, आफ्नो करिब एक दशकको राजनीतिक करिअरमा भगवन्त मानमाथि लागेको सबैभन्दा ठूलो आरोप भने रक्सीको हो। उनलाई धेरै रक्सी पिउने गरेको आरोप लाग्छ।

यो विषय सन् २०१५ मा आपकै तत्कालीन बागी नेता रहेका योगेन्द्र यादवले बताएका थिए। जुलाई २०१४ मा सांसदहरुको एक बैठक बोलाउँदा भगवन्त मानसँगै भएको र उनी निकट बस्दा रक्सीको गन्ध आएको यादवले बताएका थिए। 

क्याप्टेन अमरिन्दर सिंहले पनि मानमाथि मिडियामार्फत रक्सीको भोगी भएको आरोप लगाएका थिए। अमरिन्दर सिंहको आरोपको केही दिनपछि नै आपका अर्का बागी नेता हरिन्दर सिंहले भनेका थिए, ‘तत्कालीन लोकसभा अध्यक्ष सुमित्रा महाजनले भगवन्त मानको शरीरबाट रक्सीको गन्ध आउने भएकाले आफ्नो सिट बदल्ने लिखित अपिल गरेकी थिइन्।’ संसदमा भाषणका क्रममा कैयौं पटक सत्ताधारी भाजपाका सदस्यहरुले मानमाथि रक्सीको नशामा संसदमा आउने गरेको आरोप लगाएका थिए। 

एक पटक जब मान संसदमा आफ्नो कुरा राखिरहेका थिए, तब भाजपाका एक सांसद नजिक आएर उनलाई सुँघिरहेका थिए। उक्त भिडियो पनि पछि सामाजिक सञ्जालमा निकै चर्चित हुन पुगेको थियो। 

मानमाथि हरेक दिन रक्सीको नशामा हुने गरेको आरोप लगाइएको थियो। उनले गुरुग्रन्थ साहिबको अपमान गरेको आरोपमा भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका युवकको न्यायका लागि भएको आन्दोलनमा पनि मान रक्सी पिएर सहभागी भएको आरोप लागेको थियो। उक्त कार्यक्रमका क्रममा उनी स्टेजबाट फर्किदैं गर्दाको भिडियो भाइरल भएको थियो, जसमा केही मानिसहरूले उनलाई रक्सी पिएको आरोप लगाएका थिए। उक्त भिडियोमा उनी चुपचाप आफ्नो कारमा बसेर गएको देखिन्छ। 

अत्यधिक रक्सी पिउने आरोप मानलाई थुप्रै पटक लागेको छ। उनले सन् २०१९ जनवरी १ मा रक्सी खान  छाडेको बताएका थिए। उनले १९ जनवरी २०१९ मा बरनालामा आयोजित पार्टीको र्‍यालीका क्रममा आफ्नो आमासँगै उपस्थित भएका थिए। त्यही कार्यक्रममा उनले जनवरी १ बाट रक्सी खान छाडेको बताएका थिए।

-बिबिसी हिन्दीलगायत सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्