काठमाडौं– प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको भर्ना खुलेको भन्ने सूचना झुटो भएको प्रष्ट पारेको छ।
म्यादी प्रहरीको भर्ना खुलेको भनेर विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा सूचना राखेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यस्ता सूचनाहरु सत्य नभएको बताएको छ।
स्थानीय तहको निर्वाचनको तयारी भइरहेको सन्दर्भमा आवश्यक पर्ने म्यादी प्रहरीको भर्नासम्बन्धी सूचना भविष्यमा प्रकाशित हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
'स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने “म्यादी प्रहरी” भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं,' प्रहरी प्रवक्ता एसएसपी बिष्णु कुमार केसीद्वारा दारी विज्ञप्तिमा भनिएको छ, 'आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।