गुलरीया– तरकारी बजारमा महिलाको घाँटीबाट सुनको सिक्री तानेर (चोरेर) भाग्दै गरेको अवस्थामा बर्दिया प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको रानीघाट नगरपालिका–२० बस्ने २१ वर्षीय राकेश सिंह राठौर र सोही ठाउँका १८ वर्षीय साहिल राय छन्।
प्रहरीका अनुसार उनीहरुले बुधबार साँझ ७ बजेको समयमा बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजार (हाटबजार)मा तरकारी किन्दै गरेकी महिलाको घाँटीबाट सुनको सिक्री तानेर भागेका थिए।
पीडित महिला र स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
सुनको सिक्रीसहित पक्राउ परेका दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।