काठमाडौं- नेपाल प्रहरीले उच्च अदालत पाटनले ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७८ मङ्सिर २१ को फैसलाअनुसार चार दिन कैद र ११ लाख जरिवाना तोकेपछि फरार रहेका अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बञ्जाडेलाई आज पक्राउ गरेको हो।
अदालतको फैसलापछि फरार रहँदै आएका बञ्जाडेलाई काठमाडौँको थापागाउँबाट पक्राउ गरेको हो। पक्राउ बन्जाडेलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।