काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको चुनाव केन्द्रित तयारी बढाएको छ।
चुनावको तयारीका लागि कांग्रेसले केन्द्रीय तहका नेताहरुलाई जिल्ला–जिल्लामा खटाएको छ।
कांग्रेसले यही फागुन २९ गतेदेखि १ महिने चुनाव प्रचार/प्रसारका लागि 'घरघर जाउँ, कांग्रेस जिताउँ' अभियान सञ्चालन गर्दै छ। उक्त अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरुलाई खटाइएको हो।
देशभरका महानगर, उपमहानगर, नगर र गाउपालिकासम्म प्रचारका लागि केन्द्रीय नेताहरुलाई प्रदेश र जिल्ला तोकेर जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।