काठमाडौं–बलात्कार आरोप लागेका नायक पल शाहको बारेमा नायिका रेखा थापाले टिप्पणी गरेपछि नायिका थापाविरद्ध असभ्य टिप्पणी गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले गुल्मीका भनभने ९ घर भएका राहुल थापालाई पक्राउ गरेको हो।
ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार उनी सेलेब युट्युब च्यानलका सञ्चालक हुन्। रुपन्देही बस्दै आएका २१ वर्षीय थापाले नाबालिग गायिका र नायिका रेखा थापामाथि मानमर्दन हुनेगरी टिप्पणी गरेको त्यस प्रकारका सामाग्री आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको आरोप लागेको छ।
जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर उनीमाथि ब्यूरोले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।