काठमाडौं–नाबालिगको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै असभ्य टिप्पणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका २९ वर्षीय दीपु भनिने विकास महर्जन छन्।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले फेसबुकमा नाबालिगको तस्बिर र भिडियो सेयर गर्दै असभ्य टिप्पणी गरेको आरोपमा मर्हजनलाई पक्राउ गरेको हो।
जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ।
नाबालिगमाथि बलात्कार आरोपमा तनहुँ कारागारमा रहेका पल शाहको विषयमा भिडियो बाउन महर्जनले नाबालिगमाथि असभ्य टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।