काठमाडौं– आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइवासहितका व्यक्तिमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नायिका रेखा थापामाथि युट्युवमा अशभ्य टिप्पणी गरेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको हो। उनलाई अदालतबाट पक्राउ पूर्जी प्रहरीले हिरासतमा लिइ अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
अर्का एक व्यक्तिलाई पनि बोलाएर सोधपुछ गरिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए।
आफूविरुद्ध गालीगलौज भएको भन्दै अभिनेत्री रेखा थापाले प्रहरीको साइबर ब्यूरोमा जोहरी दिएकी थिइन्। गत शुक्रबार नायिका थापाको तर्फबाट उनकी दिदी तारा थापाले जोहरी दिएकी थिइन्।
कलाकार पल शाहले एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेपछि नाबालिगको पक्षमा थापाले बोलेकी थिइन्।
त्यसपछि शाहका सर्मथकले उनीवरुद्ध गालीगलौज गर्नुका साथै 'ए वान मिडिया'ले समेत असभ्य टिप्पणी गरेको भन्दै जोहरी परेको छ।
[*यसअघि गलत सूचना सम्प्रेषण भएकोमा सच्याइएको छ।]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।