काठमाडौं- ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने २ दिनको शिशुको अस्पताल पुर्याएसँगै मृत्यु भएको हो।
ललितपुर प्रहरी प्रमुख तथा एसएसपी यज्ञविनोद पोखरेलका अनुसार गम्भीर अवस्थाका शिशुका बुवा शुभाम स्याङताङको भने पाटन अस्पतालमा उपचार भइरहेको छ।
पहिचान खुल्यो
वर्ष ५५ की काइली स्याङताङ, वर्ष ९का आशीश, वर्ष २३ की सुस्मा, वर्षा ७ की आस्मा र दुई दिनको शिशु रहेको पोखरेलले जानकारी दिए। बुवा २३ वर्षीय शुभाम स्याङताङको भने पाटन अस्पतालमा उपचार भइरहेको छ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।