काठमाडौं- रुसले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न लागेको जनाइएको छ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका लडाकु भर्ती गर्न लागिएको छ हो । तर कति लडाकु भर्ती हुन तयार भएका भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेको समाचारमा जनाइएको छ ।
उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन्।
युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।