१. प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग छानबिनका लागि समिति गठन, समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि, समितिमा बस्नु फरक विषय भएको एमालेको तर्क, संसद्को अवरोध जारी रहने । (महाभियोग छानबिन गर्न समिति गठन)
२. प्रतिनिधि सभा भंग गरेर तीनै तहको निर्वाचन गर्न छलफल भइरहेको माधव नेपालको दाबी, अर्ली इलेक्सनको कुरा गरेर स्थानीय तहको चुनाव सार्ने काम हुनसक्ने एमालेको आशंका । (बहसमा अर्लि इलेक्सन)
३. महासचिव छान्न नसकेपछि पदाधिकारी नै नराख्ने तयारीमा माओवादी केन्द्र, पदाधिकारी बनाउँदा नेताहरुबीच थप विवाद बढ्ने भएपछि केन्द्रीय कार्यालय बनाएर टुंगो लगाउने गृहकार्य । (पदाधिकारी नराख्ने माओवादी केन्द्रको तयारी)
४. रुसको “आतङ्कवादी योजना“को नयाँ लहर शुरू भएको युक्रेनको दाबी, अस्पताल र शिशु कक्षामा गोलाबारी गरिएको उल्लेख, रुस–युक्रेनबीचको तेस्रो चरणको शान्ति वार्ता सोमबार हुने । (रोकिएन रुस-युक्रेन तनाब)
५. र, सहिद स्मारक ‘बी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडको लगातार दोस्रो जित, आशिषको २ गोल, खुमलटार युथ क्लबको जारी लिगमा पहिलो हार । (ब्वाइज युनाइटेडको लगातार दोस्रो जित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।