काठमाडौं- युक्रेनको इरपिनमा रुसी बम आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार यस बम विष्फोटमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
समाचारमा जनाइएअनुसार रुसले एउटा भाँचिएको पुललाई निशाना बनाएको थियो, जसलाई मानिसहरूले भाग्न प्रयोग गरिरहेका थिए।
एउटा समूह खुला सडकबाट दौडिरहेका थिए र युक्रेनी सैनिकहरूले उनीहरूलाई सुरक्षित स्थानमा पुग्न मद्दत गरिरहेका थिए। त्यसबीचमा आक्रमण भएको समाचारमा उल्लेख छ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार राजधानी किएभको दक्षिणपश्चिममा रहेको विमानस्थल रुसी बमबारीमा पूर्ण रुपमा ध्वस्त भएको छ।
हालसम्म रुसले युक्रेनको राजधानी किएभको उत्तर र पूर्वी क्षेत्रका साथै युक्रेनको दक्षिणी क्षेत्रलाई निशाना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।