काठमाडौं- रुसमा भएको युद्धविरोधी प्रदर्शनमा सयौं पक्राउ परेको निगरानी समूह ओभीडी-इन्फोले जनाएको छ। उक्त समूहका अनुसार ६०० भन्दा धेरै प्रदर्शनकारीहरू रुसका २१ शहरहरूमा पक्राउ परेका हुन्।
उक्त समूहले स्थानीय सञ्चार स्रोतहरूलाई उद्धृत गर्दै साइबेरियाको सहर नोभोसिबिर्क्समा मात्र २०० भन्दा धेरै मानिसहरू पक्राउ परेको जनाएको छ।
जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीले युक्रेनमा भइरहेको युद्धको विरोधमा प्रदर्शन गर्न आह्वान गरेका थिए। नभाल्नीले मस्को र सेन्ट पिटर्सबर्गसहितका रुसी शहरका मुख्य स्क्वायरहरूमा प्रदर्शन गर्न आह्वान गरेका थिए।
रुसमा हुने सरकारविरोधी प्रदर्शनहरूमा ठूलो संख्यामा मानिसहरूको गिरफ्तारी हुने काम एउटा मानकजस्तै भएको छ।
ओभीडी-इन्फोका अनुसार ११ दिनअघि युक्रेनमा युद्ध सुरु भएपछि ८ हजारभन्दा धेरै प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइएको वा पक्राउ परेका छन्।
आइतबारको विरोध रुसी हमलाविरूद्ध विश्वव्यापी प्रदर्शनहरू भएको एकदिनपछि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।