काठमाडौं- युक्रेनी उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्नाले युक्रेनको अवस्था नाजुक बन्दै गएको बताएकी छन्।
बीबीसीसँग कुरा गर्दै उनले युक्रेनमा रुसको ‘चरमपन्थी योजना’को अर्को लहर सुरु भएको बताइन्।
‘युक्रेनले रुसको आक्रमणको प्रतिरोध गर्ने संकल्प गरे पनि यो युद्धको अन्त्य होइन,’ उनले भनिन्,‘ रुसले युक्रेनी सहरका अस्पताल र किन्डरगार्टेनमा बम विष्फोट गराएको छ र अवस्था झन खराब भएको छ।’
सैनिकको मृत्युबाहेक रुसले ठूलो नोक्सानी बेहोरे पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रोकिएका छैनन्। बरु थप आक्रामकतालाई बढावा दिइरहेका छन्।
बीबीसी वनसँग कुरा गर्दै स्टेफानिश्नाले भनिन्,‘युक्रेनको सेना पहिले जस्तै बलियो छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।