काठमाडौं– पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता हुने अवार्डका लागि आइतबार पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो।
मनोनयनमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल परेका छन्।
उनीहरुलाई २०७७ सालभरिको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको मञ्चले जनाएको छ।
अवार्ड कार्यक्रमा ८ चैतमा प्रज्ञा भवन कमलादीमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।