काठमाडौं– रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्काे चरणको शान्ति वार्ता सोमबार हुने भएको छ। यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो।
यसअघिको वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन। रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन्।
तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिए। उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्काे अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्ता गर्ने शुक्रबार बताइएको थियो।
उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।