काठमाडौं– गत साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन २६६१.४४ विन्दुमा बन्द भएको नेप्से गत साता ११४.४० अंकले घटेर २५४७.०४ विन्दुमा पुगेको थियो।
गतसाताका ३ दिन मात्र बजार खुलेको थियो। सोही ३ कारोबार दिनमा नेप्सेले सो बराबरको अंक घटेको हो।
गतसाताको कारोबारका आधारमा यस साता नेप्से ओरालो लागेमा २४०५.५३ विन्दुमा टेवा पाउने देखिन्छ भने उकालो लागेमा भने २७४५.८० विन्दुमा प्रतिरोधको सामना गर्ने विश्लेषकको भनाइ छ।
गत साताको अन्तिम कारोबार दिन र साप्ताहिक रुपमा नेप्सेले बियरिस मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा विक्रीकर्ता हाबी रहेको संकेत गर्छ।
नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औसतमा ३ अर्ब ५१ करोडको सेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औसत भोल्यूम ४ अर्ब ३० करोड रुपैयाँ रहेको छ। २० दिने औसत भोल्युमको तुलनामा दैनिक औसत भोल्यूम १८.२९ प्रतिशत कम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।