काठमाडौं– दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले रूसमा आफ्नो उत्पादनको निर्यात रोक्ने निर्णय गरेको छ।
रुसले युक्रेनमा आक्रमण गरेपछि सामसुङले आफ्ना उत्पादनको विक्रीमा रोक लगाएको हो।
उसअघि एप्पल र माइक्रोसफ्टजस्ता विश्वव्यापी कम्पनीले रुसमा आफ्ना उत्पादन बिक्री र सेवा बन्द गरिसकेका छन्।
विकसित पछिल्लो घटनाक्रमका कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको सामसुङले जनाएको छ।
यसअघि अमेरिकी प्रबिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न रोकेको सिएनएनले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।