काठमाडौं- रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले देशको नयाँ ‘फेक न्यूज’ कानुनको बचाउ गरेका छन्।
यस कानुनअन्तर्गत रुसी सेनाको विरुद्धमा ‘फेक न्यूज’ प्रकाशित गरेमा १५ वर्षसम्म जेल सजाय हुन सक्नेछ।
यस कानुनका कारण रुसमा स्वतन्त्र पत्रकारिता प्रभावित हुनेछ। यसअन्तर्गत युक्रेनमा जारी द्वन्द्वलाई ‘युद्ध’ भन्न न्युज च्यानलहरूलाई अनुमति दिइने छैन।
यस कानुनको प्रतिक्रियामा, बीबीसी, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो काम अस्थायी रूपमा स्थगित गरेका छन्।
यद्यपि पोस्कोफ भन्छन्,‘त्यस्तो कानुन तत्काल आवश्यक थियो किनभने हाम्रो देशविरुद्ध अभियानका रूपमा मात्र नभएर अभूतपूर्व सूचना युद्ध छेडिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।