काठमाडौं- रुस सरकारले पश्चिमा विश्वलाई ‘आर्थिक डकैती’मा संलग्न भएको आरोप लगाएको छ। मस्कोले त्यस्ता कदमविरुद्ध जवाफ दिने क्रेमलिनले जनाएको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले त्यो जवाफ कस्तो हुनेछ भन्ने खुलाएनन्। तर, त्यो रुसी स्वार्थको पक्षमा हुने उनले बताए।
बेलायत, युरोपेली सङ्घ र अमेरिकी सरकारबाट रुसी संस्था एवं राष्ट्रपति भ्लादिमिर पुटिननिकट ठानिने अर्बपतिमाथि व्यापक दायराका प्रतिबन्ध लगाइएपछि मस्कोको यस्तो भनाइ आएको हो।
पेस्कोभले बाँकी विश्वबाट एक्लिनका लागि रुस निकै ठूलो भएको समेत बताए। उनले विश्व ‘अमेरिका र युरोपभन्दा निकै ठुलो भएको’ बताए।
पेस्कोभले रुसले युक्रेनमा युद्धको रिपोर्टिङमा प्रतिबन्ध लगाउने कठोर कानुनलाई स्वीकृत गर्ने कदमको समेत बचाउ गरेका छन्।
उनले भने,‘त्यस्तो कानुन तत्काल आवश्यक थियो किनभने हाम्रो देशविरुद्ध अभियानका रूपमा मात्र नभएर अभूतपूर्व सूचना युद्ध छेडिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।