तनहुँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिकस्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताएका छन्।
नेकपा एकीकृत समाजवादी व्यास–११ ले आज देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको बताए।
तनहुँसुरसम्म पुग्ने खड्काली मोटरमार्ग कालोपत्र भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भने, “ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि पर्यो, अब यसको विकासको गतिलाई थप अगाडी लैजान मैले सकेको सहयोग गर्छु।”
आफ्नै पहलमा खड्गकाली मोटरमार्ग कालोपत्र भएको बताउँदै उनले भने, “विकासमा कसैलाई काखापाखा गर्दिन, विकास नै मेरो मूल मन्त्र हो।” मन्त्री श्रेष्ठले कुनै बेला मानुङकोट चर्चित भएर आन्तरिक पर्यटकको भिड बढेको स्मरण गर्दै अब त्यो सम्भावना तनहुँसुरमा रहेको बताए।
“रुखलाई बीचमा पारेर सडक कालोपत्र भएसँगै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यदि सडक कालोपत्रे हुन्थेन भने चौतारी र देउरालीडाँडा चर्चित हुने थिएन”, उनले भने । मन्त्री श्रेष्ठले देउरालीडाँडामा व्यवस्थित उद्यानका लागि आवश्यक बजेट विनियोजन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।