काठमाडौं- युक्रेनका दुई सहरमा रुसले अस्थायी युद्धविराम गरेको छ। रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिबार रुसी समय अनुसार शनिबार बिहान १० बजेबाट मानवीय सहयोगका लागि मार्ग खुल्ने जनाएको छ।
मानिसलाई बाहिर निस्कन सहज हुने गरि मार्ग खोल्ने सहमति अनुसार यस्तो कदम चालिएको बीबीसीले जनाएको छ। युक्रेनमाथि आक्रमण थालेको १० औं दिनमा रुसले यस्तो निर्णय गरेको हो।
ति क्षेत्रबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
तर यसबारे युक्रेनी पक्षबाट त्यसको पुष्टि गरिएको बारे जानकारी नभएको बीबीसीले उल्लेख गरेको छ। यसअघि मारिओपोका नगरप्रमुखले रुसी फौजबाट क्रूर हमलाहरू भइरहेको भन्दै मानवीय सहयोग र मार्गको माग गरिरहेका थिए।
झन्डै चार लाख ५० हजार जनसंख्या भएको मारिओपोमा युक्रेनको मुख्य व्यापार बन्दरगाह छ। रुस-क्राइमिया सडक मार्गमा पर्ने त्यो मुख्य युक्रेनी सहर हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।