काठमाडौं- चीनले शनिबार २०२२ मा आफ्नो रक्षा बजेटमा ७ दशमलव १ प्रतिशत बढोत्तरी गर्ने जनाएको छ। अमेरिका पछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको हो।
समाचार एजेन्सी एएफपीले एक सरकारी बजेट रिपोर्टलाई उल्लेख गर्दै चीनको सरकारले २३० अर्ब डलर राष्ट्रिय सुरक्षाका लागि विनियोजन गरेको छ।
चीनको सरकारी समाचार ग्लोबल टाइम्सको अंग्रेजी वेबसाइटमा विशेषज्ञलाई उदृत गर्दै बताए अनुसार सकारात्मक आर्थिक विकास र सुरक्षा खतरा बढेका कारण चीनले रक्षा बजेट बढाएको छ।
यसअघि २०२१ मा चीनले २०९ अर्ब डलरको रक्षा बजेट पेस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।