काठमाडौं- दुई देशबीचको द्वन्द्व अन्त्य गर्ने प्रयास गर्न रुससँग यसै साताको अन्त्यमा तेस्रो चरणको वार्ता हुने युक्रेनी अधिकारीहरुले आशा व्यक्त गरेका छन्।
तेस्रो चरणको वार्ता भोलि वा पर्सीमा हुन सक्ने सम्भावना रहेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोलियाकले बताए।
‘तेस्रो चरणको वार्ता भोलि वा पर्सी हुन सक्छ। हामी निरन्तर सम्पर्कमा छौं,’ उनले भने। बेलारुससँगको युक्रेनी सीमामा दुवै पक्षका अधिकारीहरूबीचको पहिलो चरणको वार्तामा थोरै सफल मिलेको थियो।
यसैबीच, दोस्रो चरणको वार्तामा रुसले आक्रमणबाट क्षतिग्रस्त क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन र मानिसहरूको विस्थापनका लागि सुरक्षित कोरिडोर निर्माण गर्न केही समयका लागि युद्धविराम गर्न सहमति जनाएको थियो।
तर, युक्रेनले यस्तो अपेक्षा नगरेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।