काठमाडौं– जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल सैन्य कारबाही रोक्न आह्वान गरेका छन्।
जर्मन सरकारका प्रक्ताका अनुसार दुई नेताहरुबीच एक घण्टा लामो फोन वार्ता भएको थियो। वार्तामा चान्सलर सोल्जले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनमा जारी सैन्य कारबाही रोक्न आग्रह गरेका हुन्।
उनले रुसी राष्ट्रपति पुटिनलाई युद्ध भइरहेको क्षेत्रमा मानवीय सहायताको अनुमति दिन पनि आग्रह गरे।
दुई नेताबीच करिब एक घण्टा लामो कुराकानी भएको र त्यसमा छिट्टै एक अर्कासँग पुनः वार्ता गर्ने सहमति भएको प्रवक्ताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।