काठमाडौं– ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।
शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाका कारण सफल हुन नसकेको बताए।
उनले आजदेखि लागू हुनेगरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा शुरुआती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिवाना तिराउने बताए। जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने उनको प्रतिबद्धता छ।
मेयर महर्जनले सरकारले विभिन्न कानुन तर्जुमा गरेपनि कार्यान्वयन नगरेको दाबी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।