काठमाडौं– रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौं,’ उनले भनेका छन्, ‘त्यसको तयारी हामीले गरेका थियौं।’
रसियाको सुरक्षा परिषद्को एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन्। ‘हामीले तोकिएको काम गरेका छौं र त्यो सफलतापूर्वक सम्पन्न पनि गरेका छौं,’ उनले भनेका छने। रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि उनको भनाइ छ।
रुसले गत हप्तादेखि युक्रेनमाथि हमला जारी राखेको छ। बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।