काठमाडौं- बेलारुसले आफ्ना सेनालाई युक्रेनभित्र छिरेर लडाइँ गर्न दिएको युक्रेनी सेनाले दाबी गरेको छ।
बेलारुसले बिहीबार यस्तो आदेश दिएको युक्रेनी सेनाले जनाएको छ। 'बेलारुसको सैन्य युनिट कमान्डलाई सीमा कटेर युक्रेनभित्र छिर्न आदेश दिइएको छ,' युक्रेनी सेनाको भनाइ उदृत गर्दै बीबीसीले जनाएको छ।
युक्रेनी सेनाका अनुसार रुसी फौजले क्षेप्यास्त्र हान्नका लागि यसअघिबाटै बेलारुसी भूमिको प्रयोग गर्दै आएका छन्।
यसअघि बेलारुसी राष्ट्रपतिले युक्रेनसँग जोडिएको सीमामा सैन्य उपस्थिति दोबर पारिने बताएका थिए। युक्रेनसँग सीमा जोडिएको बेलारुसमा रुस समर्थित सरकार रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।