१. चुनावी सहकार्यका बारेमा सत्ता गठबन्धनका दलहरूले अघि बढाए छलफल, अहिलेको स्थितिमा गठबन्धनलाई कायमै राखेर चुनावमा जाने मनस्थितिमा प्रधानमन्त्री देउवा । (चुनाव केन्द्रित बन्दै सत्ता गठबन्धन)
२. नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ले एमसीसीको विपक्षमा रहेका पार्टी र नेताहरूको भेटलाई दिए तीब्रता, देशभक्तहरू एक हुन र मोर्चा बनाउन एमाले नेता भीम रावललाई प्रस्ताव । (भीम रावललाई ‘विप्लव’को प्रस्ताव)
३. निलम्बित प्रधानन्यायाधीश राणालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने नेपाल बार एशोसिएसन सम्मेलनको घोषणा, भ्रष्टाचार रोक्न शंकास्पद भूमिकामा देखिएका न्यायाधीशबारे छानबिन प्रक्रिया अघि बढाउन माग । (नेपाल बार एशोसिएसन सम्मेलनको घोषणा)
४. तेस्रो विश्वयुद्ध भए त्यो 'परमाणु युद्ध' हुने रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभको चेतावनी, रुसी अर्बपतिको ६० करोड डलर पर्ने विलासी जहाज जर्मनीको नियन्त्रणमा । (रुसी विदेशमन्त्रीको चेतावनी)
५. र, ३ अर्ब पाउण्डमा चेल्सी फुटबल क्लब बेच्ने अब्रामोभिचको घोषणा, क्लब विक्रीमार्फत आर्जन हुने मुनाफा युक्रेन–रुस युद्धका पीडितलाई दान गर्ने उल्लेख । (चेल्सी क्लब बेच्ने अब्रामोभिचको घोषणा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।