काठमाडौं- युक्रेनको दक्षिणी सहर खेरसन अहिले रुसी नियन्त्रणमा छ। रुसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर खेरसनलाई चारैतिरबाट रुसी सेनाले घेरा हालेको हो।
क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको तीन लाख मानिसहरूको सहर खेरसनको युक्रेनको लागि महत्त्वपूर्ण छ। किनभने यसले रुसी सेनालाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा सहरतिर पश्चिमतर्फ धकेल्न छ। तर, उक्त सहर चारैतिरबाट रुसी सेनाले घेरिएको खेरसनका मेयर इगोर कोलिखाएभले युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टलाई बताए।
रुसी सेनाको घेराउसँगै उक्त सहरमा नयाँ नियम लागू भएको स्थानीयले बीबीसीलाई बताए। नीना भन्छिन्, ‘अहिले सहरमा सन्नाटा छ। हिजो पनि यहाँ सन्नाटा छायो, त्योभन्दा पहिले विष्फोट भयो। बाहिर धेरै खतरा भएकाले हिजो कोही घरबाट बाहिर निस्किएनन् तर आज खानाका सामान किन्न बाहिर निस्किरहेका छन्।’
तर,अहिले बाहिरी क्षेत्रमा पनि गोलाबारी भइरहेको आवाज सुनिन सक्ने उनी बताउँछिन्। त्यसबीचमा उक्त सहरमा केही नियम पालना गर्नुपर्ने छ।
‘हामीले केही नियमहरू पालना गर्नुपर्छ। हामी समूहमा जमघट हुन सक्दैनौं, तीव्रगतिमा कार चलाउन सक्दैनौं। हामी हाम्रो गाडी रोक्दा रोकिनुपर्छ र कारमा के छ भनेर देखाउनुपर्छ र रुसी सेनालाई उक्साउनु हुँदैन,’ उनले भनिन्।
स्थानीय जनताले अहिले बिजुली, पानी र इन्टरनेटको पहुँच पाएको उनको भनाइ छ। साथै, चिकित्सा आपूर्तिको अपेक्षा गरिएको उनले बताए।
नीना भन्छिन्, ‘मलाई आशा छ युद्धले धेरै समय लिने छैन र सबै ठीक हुनेछ। सबै आम जनता युद्धको विरुद्धमा छन् तर हामी केही गर्न सक्दैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।