काठमाडौं– विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन सम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्ने नभइ नियमनको लागि बनाइएको बताएका छन्।
बिहीबार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईंले विज्ञापन सम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्न सहयोग गर्ने बताए।
अध्यक्ष हुमागाईंले आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने बताए। उनले आजको छलफलमा विज्ञापन दाताहरुलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरुलाई प्रतिकूल हुने गरी विज्ञापन गर्न नहुने विषयको बारेमा छलफल गरिएको बताए।
अध्यक्ष हुमागाईंले केही सञ्चारमाध्यमहरुले आफू स्वनियममा बस्छु भनेपनि आफूखुशी विज्ञापनका दररेटहरु कायम गर्ने गरेको बताए। उनले समस्या विज्ञापन एजेन्सीमा मात्र नभएको भन्दै सञ्चारमाध्यम र विज्ञापन दातामा पनि समस्या भएकोले यसलाई नियमन गर्न कुनै एक पक्षको मात्रै सहभागिताले सफल नहुने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।