काठमाडौं- एक रुसी अर्बपति व्यापारीको ६० करोड अमेरिकी डलर मूल्य बराबरको विलासी जहाज जर्मनीले नियन्त्रणमा लिएको छ।
जर्मन अधिकारीहरूले रुसी अर्बपति अलिशेअर उस्मानोभको ६० करोड अमेरिकी डलर मूल्य भएको विलासी जहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
फोर्ब्स म्यागजिनका अनुसार १५६ मिटर लामो उक्त जहाज ह्याम्बर्गबाट नियन्त्रणमा लिइएको हो।
धातु व्यापारी उस्मानोभ रुसका चर्चित २५ व्यक्तिमध्ये एक हुन्, जो रुसी सरकारसँगको सम्बन्धलाई लिएर युरोपेली संघको प्रतिबन्धमा परेका छन्। रुसी स्वामित्वका अरू नौकाहरू माल्दिभ्समा रोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।