काठमाडौं- युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसमा प्रदर्शन भएको छ।
रुसका राष्ट्रपति भ्लादमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा युक्रेनमाथि अतिक्रमणको विरोधमा प्रदर्शन भएको छ। प्रदर्शनकारीमाथि प्रहरीले व्यापक धरपकड गरेको बीबीसीले जनाएको छ।
अघिल्ला दिनहरूमा जस्तै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो भने कयौं पक्राउ परेका छन्। पछिल्ला केही दिनयता सयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।
जेलमा रहेका पुटिनका आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध दैनिक प्रदर्शन गर्न आह्वान गरेपछि प्रदर्शनहरू सुरु भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।