काठमाडौं– बुधबार सुनको मूल्य तोलमा ५ सय रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेकोे छ।
अघिल्लो दिन तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको सुन बिहीबार ९९ हजार रुपैयाँमा खरिदविक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
आज चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३८० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा ४० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३७५ रुपैयाँ पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।