काठमाडौं- रुसी सेनाले युक्रनको राजधानी किभवासीलाई सुरक्षित रुपमा निस्कन दिने जनाएको छ।
किभबासीलाई भासिल्किभ सहरतर्फको दिशामा सुरक्षित रूपमा जान दिने मस्कोस्थित अधिकारीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जेनरल इगोर कोनाशेन्कोभले अतिक्रमणबारे टेलिभिजनमार्फत् पछिल्लो विवरण दिँदै सुरक्षित निकासबारे प्रस्ताव गरेका हुन्। 'गैरसैनिकहरूलाई निस्किन दिनका लागि रुसी फौजको तर्फबाट कुनै बाधाअवरोध हुनेछैन' कोनाशेन्कोभले भने।
तर एक साताअघि रुसले अतिक्रमण सुरु भएयता भासिल्किभ भीषण गोलाबारीबाट प्रभावित भएको छ। संयुक्त राष्ट्रसंघका अनुसार झन्डै १० लाख मानिसले युक्रेन छोडिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।