काठमाडौं- विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई आर्थिक सहायता उपलब्ध गराउने तयारी गरिरहेका छन्।
संयुक्त विज्ञप्तिमा दुवै एजेन्सीका नेताहरूले युक्रेनमा रुसी आक्रमणको प्रभावको बारेमा चिन्तित रहेको बताएका छन्। उनीहरुले वित्तीय बजारमा परेको असर, मूल्यवृद्धि र विश्वव्यापी मुद्रास्फीति थप बढ्ने खतरा रहेको पनि बताए।
संयुक्त विज्ञप्तिमा भनिएको छ,‘समन्वित अन्तर्राष्ट्रिय कार्यले जोखिम कम गर्न र कठिन परिस्थितिबाट बाहिर निस्कन सक्छ।’ विश्व बैंकले युक्रेनलाई ३ अर्ब डलर सहयोग पठाउने बताएको छ, जसमध्ये ३५० करोड डलर अर्को हप्तासम्म पठाइनेछ।
यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनको ऋण आवश्यकता छिट्टै पूरा गर्ने प्रयास गर्नेछ। अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनका लागि जुनसम्म २.२ अर्ब डलर कोष उपलब्ध गराउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।